News Griha :: न्यूजगृह

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग यथाशीघ्र पूरा नगराएर अनिश्चितकालीन विद्यालय बन्द गराउन खोजेको बताएका छन् ।

चालु र आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले विद्यालय कर्मचारीका माग सम्बोधन नगरेपछि उनीहरु यतिखेर देशव्यापी आन्दोलनमा छन् । परिषद्ले एकपछि अर्को गर्दै कडा आन्दोलन घोषणा गरेको छ । परिषद्ले विद्यालय बन्द गर्ने पनि चेतावनी दिएको छ ।

अध्यक्ष तिवारी सामाजिक सञ्जालमा लेख्छन्,‘सरकारबाट सामुदायिक विद्यालय बन्द गराउन खोज्दै । त्यो पनि अनिश्चितकालीन ।’ उनले आम विद्यालय कर्मचारीका माग पूरा हुन सम्भव रहेको र हुने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०६:५३
Weather Update