विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा बढाउन सम्भवन भएको र हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित आन्दोलन समापनपछि बोल्दै अध्यक्ष तिवारीले राज्यबाट सेवासुविधा उपलब्ध गराउन सम्भव रहेको बताएका हुन् ।
उनले भने,‘आम सामुदायिक विद्यालय कर्मचारीहरूको सेवासुविधा उपलब्ध गराउने लक्ष्य छ । यो सम्भव छ र हुन्छ ।’
विद्यालय कर्मचारीहरूले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन गरेर माग पूरा गर्न सरकारलाई दबाब दिएका छन् । उनीहरूको मागबारे सडकदेखि सदनसम्म कुरा उठेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०६:०८