चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवन— पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।
सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमानलाई गैँडाले आक्रमण गरेको हो ।
साझ ५:३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०६:०१