News Griha :: न्यूजगृह
तनहुँमा एक्साभेटर दुर्घटनामा एकको मृत्यु

तनहुँ— आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो ।

आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।  

आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो ।

एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २२:००
Weather Update