News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समेतले शनिबार साँझ पशुपति पुगे पूजाआजा गरेका हुन् ।

pashupati darshan-prachanda1686409344.jpg

औपचारिक भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशस्थित उज्जेनमा रहेको महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पूजाआजा गरेका थिए । त्यसको एक सातापछि उनी पशुपति पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पशुपति क्षेत्र विकास कोषका सदस्यहरूबाट ब्रिफिङ लिएका थिए । 

prachanda-pashupatinath1686409348.jpg

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:५९
Weather Update