News Griha :: न्यूजगृह
यस्तो रहनेछ शनिबारको मौसम 

काठमाडौं— हाल देशमा  पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भूभागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ।

अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

शनिबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र ट्याङ्कसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०६:०९
Weather Update