News Griha :: न्यूजगृह
सीमा समस्या समाधान गर्न सबै एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

उनले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको बताए ।

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले भने,‘म भन्न चाहन्छृु, भारतले जे गर्‍यो, गल्ती गर्‍यो । यसले भारतको हित गर्दैन । हाम्रा तर्फबाट कूटनीतिक ढंगले, राजनीतिक ढंगले सिंगो देश एकताबद्ध भएर, नेपाली भएर भारतसँग वार्ता गर्नुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:४३
Weather Update