News Griha :: न्यूजगृह
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

स्याङ्जा— कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ–५ जोगिमारास्थित ठूलोखोलामा शुक्रबार बिहान सो दुर्घटना भएको उनले जानकारी दिए ।

घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:३०
Weather Update