स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ

बाँके— नेपालगञ्ज उपमहानगरपालिका- १६ चौलिका चोकबाट स्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्रको नम्बर ३० गण बाट खटिएको टोलीले डुडुवा गाउँपालिका- ४ साहपुरुवा घर भएका ३५ वर्षीय उमाकान्त गुप्तालाई स्रोत नखुलेको १४ लाख ६ हजार ५ सय रुपैयाँसहित बिहीबार नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा सवार उनलाई शंका लागेपछि जाँच गर्दा स्रोत नखुलेको रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १७:१३