News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेको तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित, २०६४ सालको संविधान सभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:१५
Weather Update