News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु : मन्त्री श्रेष्ठ

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौं उपत्यकाभित्रको लालपूर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छिन् ।

बिहीबार उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्वबासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो कुरा बताएकी हुन् ।

Prabhu Bank

उनले भनिन्,‘मलाई तपाईंहरुको समस्याबारे राम्रैसँग जानकारी छ, हजारौँ वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानीयलाई लालपूर्जा उपलब्ध गराउन म सहजीकरण गर्नेछु, म मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु ।’

संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वको टोलीलाई मन्त्री श्रेष्ठले पीडित स्ववासीको पक्षमा आफू सधैं उभिने बताइन् ।

२०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भए पनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा टोलीले मन्त्रीसँग गुनासो गरेका थिए ।

काठमाडौं उपत्यकाभित्रका तीन सहरका पुराना बस्तीमा पुस्तौँदेखि बसोबास गर्दै आएका धेरै स्ववासीले लालपूर्जा पाउन नसक्दा समस्यामा परेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २१:४६
sagarmatha cementsagarmatha cement
Weather Update