News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
निजामती ऐन कानुन र अर्थ मन्त्रालयमै अड्कियो : सामान्य प्रशासनमन्त्री मोदी 

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो–छिटो कानुन र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताएका हुन् ।

Prabhu Bank

उनले उक्त ऐनलाई अघि बढाउनका लागि आफूले पटक–पटक अनुरोध समेत गरेको भन्दै आफ्ना कारणले ढिलाइ नभएको जिकिर गरे ।

मन्त्री मोदीले आफूले कर्मचारी सरुवाका विषयमा पटक–पटक परिपत्र जारी गर्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

अहिले स्थानीय तहका कर्मचारी व्यवस्थापनको समस्या ज्यादै गरेको र पूर्वमन्त्री, बहालवाला सांसद, मेयर लगायतले पनि भनसुन गर्न आउने गरेको उनको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:४७
sagarmatha cementsagarmatha cement
Weather Update