News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कोशीमा सरकार संरक्षित ‘पहिचानवादी’ भनिनेहरूले एमालेमाथि आक्रमण गरे : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरूले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरूले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

Prabhu Bank

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने बताए ।

देशभर आगो फैलाउन जातजातको आधारमा राज्य दिन्छु भन्ने, भड्काउनेमा प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वैष फैलाउँदै समाजलाई विभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:१८
sagarmatha cementsagarmatha cement
Weather Update