News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सेवासुविधा, तलब वृद्धिकाे माग गर्दै देशभर आन्दोलन भइरहँदा संसदमा पनि माग पूरा गर्नुपर्ने आवाज उठेको छ ।

२५ जेठ बिहीबार बसेको प्रतिनिधि सभामा तीन जना सांसदले विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

Prabhu Bank

सांसद रेखा यादव, तेजुलाल चौधरी र दामोदर भण्डारीले विद्यालय कर्मचारीका माग शीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विद्यालय कर्मचारीका माग आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख रहेको तर बजेटमा किन नसमेटिएको भन्दै उनीहरूले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न गरे ।

तीनै जना सांसदहरूले बजेट संशोधन गरेर भए पनि विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:५६
sagarmatha cementsagarmatha cement
Weather Update