News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विद्यालय कर्मचारीको आक्रोश : अध्यक्ष तिवारी भन्छन्– अर्थमन्त्रीकै कारण विद्यालय बन्द हुँदैछ

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको सामुदायिक विद्यालयका कर्मचारीहरूको सुविधाको विषयमा सम्बोधन गरिने भन्ने १२७ बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । अर्थमन्त्रीले नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरे पनि बजेटमा हटाएका थिए । 

Prabhu Bank

आइतबार देशभरका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिँदै आन्दोलन सुरु गरेको परिषद्ले अर्थमन्त्री डा.महतकै कारण विद्यालयजस्तो संवेदनशील संस्थासमेत बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको छ ।

परिषद्का अध्यक्ष तिवारीले भने,‘माननीय अर्थमन्त्रीज्यू,सामुदायिक विद्यालयका कर्मचारीहरूको सुविधाको विषयमा सम्बोधन गरिने भन्ने नीति तथा कार्यक्रमको बुँदा नं.१२७ खोइ ? अब तपाईंको कारणले विद्यालय बन्द हुँदैछ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:४६
sagarmatha cementsagarmatha cement
Weather Update