News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न सांसद अर्यालको माग 
फाइल तस्बिर ।
Prabhu Bank

काठमाडौं— प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले जसले जति पानी निकाल्छ, सोही अनुरूप शुल्क तोक्न पनि माग गरे । 

‘दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ । यस बारे सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? तर, अचम्म त के छ भने जसले जति पानी तानेपनि शुल्क भने वार्षिक २० हजार मात्रै तोकिएको छ । यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोही अनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:०३
sagarmatha cementsagarmatha cement
Weather Update