जहाजमा चुरोट तान्ने युवक पक्राउ

काठमाडौं— कोरियाबाट काठमाडौं आउँदै गरेको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी छन् । उनी कोरियन एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आएका हुन् ।
एअरलाइन्सले जहाजमा चुरोट तानेको भन्दै युवकलाई पक्राउ गरी कारबाही गर्न अनुरोध गरेपछि पुरीलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:१३