कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं— कालीकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ७ बजे जीप दुर्घटना हुँदा दुईको मृत्यु र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले न्यूजगृहलाई जानकारी दिए ।
दुर्घटनामा रास्कोट नगरपालिका–१ का मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको छ । दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छिन् ।
घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ ।
जीप के कारणले दुर्घटना भएको हाे त्यसको अनुसन्धान भइरहेको डीएसपी रिमालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०९:२१