News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आफ्नै शिशुको हत्या गरी फरार एक समातिए

काठमाडौं— आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक जनालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार १४ जेठको बेलुका ५ बजेको समयमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) हत्या गरेर फरार रहेका थिए ।

Prabhu Bank

उनी फरार भएपछि काठमाडौंमा लुकेको आशंकामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।

उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:४७
sagarmatha cementsagarmatha cement
Weather Update