News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

काठमाडौं— नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरु भएको १८औं हेड अफ नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सम्मेलनका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन् ।

Prabhu Bank

इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले यही २ जेठमा मंगलबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।

आगामी शुक्रबार सम्पन्न हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आफ्ना देशका प्राथमिकता, उत्कृष्ट अभ्याससमेत आदान–प्रदान हुने कार्यक्रम रहेको छ ।

एनसीबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।सम्मेलनमा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराको समेत सहभागिता रहेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:१२
sagarmatha cementsagarmatha cement
Weather Update