राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणलगायतको विषयमा सभालाई जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले यही १७ देखि २० जेठसम्म छिमेकी मुलुक भारतको भ्रमण गरेका थिए ।
भारत भ्रमणबारे प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा जानकारी गराइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ०९:३३