News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बुधबार यस्तो छ तपाईंको राशिफल

२४ जेठ २०८०, बुधबार । असार कृष्ण चतुर्थी तिथि ।पञ्चाङ्ग ब्रह्म बव उत्तरषाढा । बुधबार तपाईंको राशिफल यसप्रकार छ ।

मेष

काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ ।

Prabhu Bank

वृष

नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन

धेरैले विश्वास गर्नेछन् । सोचेको आँटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

समय साथीभाईसँग रमाइलोमा बित्नेछ । सुखद् समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

सिंह

प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

कन्या

प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् ।

तुला

नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ ।

वृश्चिक

आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

धनु

सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रशन्न रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

मकर

व्यापार त्यति लाभ मिल्नेछैन । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ

सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

मीन

आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०५:४७
sagarmatha cementsagarmatha cement
Weather Update