News Griha :: न्यूजगृह
सुनकोशी नदीमा खसेर बेपत्ता गाडी र दुईको शव भेटियो [फोटो फिचर]

काठमाडौं— सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सीटीईभीटीका कर्मचारी चढेको गाडी र दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार फेला पारेको छ । एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन् ।

शव तनहुँ जिल्लाको भानु नगरपालिका ९ बस्ने सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् । दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौं र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी १९ जेठ शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्डबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।

तस्बिरहरू 

ctevte members-accident-sindhuli-sunkoshi (2)1686064181.jpg

ctevte members-accident-sindhuli-sunkoshi (1)1686064167.jpg

ctevte members-accident-sindhuli-sunkoshi (7)1686064139.jpg

ctevte members-accident-sindhuli-sunkoshi (3)1686064082.jpg

ctevte members-accident-sindhuli-sunkoshi (5)1686064101.jpg

ctevte members-accident-sindhuli-sunkoshi (6)1686064116.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:५०
Weather Update