
सर्लाही— जिल्लामा मिटरब्याजीविरुद्ध परेका १ हजार ९२० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् ।
त्यस्तै, सबैभन्दा कम बागमती नगरपालिकाबाट छन् । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपछि मलङ्गवा नगरपालिकाबाट मात्रै ४५८ वटा उजुरी परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ईश्वरपुर नगरपालिकाबाट १३१, बरहथवा नगरपालिकाबाट १२८, कविलासी नगरपालिकाबाट १६०, हरिपुर नगरपालिकाबाट १५१ र ब्रह्मपुरी गाउँपालिकाबाट १४८ वटा उजुरी परेका छन् ।
यस्तै हरिपुर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् भने चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु र रामनगर गाउँपालिकाबाट समान २३–२३ उजुरी परेका छन् ।
जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् ।