पशुपतिमा मृत भेटिए सुरक्षागार्ड

काठमाडौं— पशुपति क्षेत्र विकास कोषको कार्यालय भवनको सुरक्षार्थ खटिएका सुरक्षागार्ड धनबहादुर राना मंगलबार बिहान मृत भेटिएका छन् ।
सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । सफाइ गर्ने क्रममा कार्यालय कै कर्मचारीले सुरक्षागार्ड रानालाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।
लगतै घटनाबारे प्रहरी वृत्त गौशालालाई जानकारी गराइएको थियो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १३:०१