News Griha :: न्यूजगृह
सिर्सियाको प्रदूषित पानी बोतलमा भरेर काठमाडौंमा प्रदर्शन

काठमाडौं— पर्साको सिर्सिया नदीमा भएको प्रदूषण रोक्न काठमाडौंमा विरोध भएको छ । चुरे तथा वन जंगल संरक्षण आभियानले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

विरोध कार्यक्रममा सिर्सिया नदीको पानी भरिएको बोतल प्रदर्शन गरिएको छ । चुरे तथा वन जंगल संरक्षण आभियानका सदस्य विन्देश्वर पासवानले कलकारखानाबाट निस्किएको फोहर सिधै मिसाइँदा प्रदूषण बढेको बताए । 

उनले भने, ‘विभिन्न कलकारखानाले सिर्सिया नदीलाई प्रदूषण तुल्याएको छ । जसकारण सिंगो गाउँ नै दुर्गन्धित भएको छ । पहिले त्यही पानीले खाना पकाएर खाने गर्थ्यौँ । दुर्गन्ध फैलिएको छ । पानी विषमा परिवर्तन भएको छ ।’

माग सम्बोधन नहुँदासम्म विरोध जारी रहेने उनले बताए । भूमिहीनका मागलाई सरकारले बेवास्ता गरेको समेत उनले विरोध कार्यक्रमका क्रममा बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:१६
Weather Update