News Griha :: न्यूजगृह
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान

काठमाडौं— प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) को सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा आगामी २४ देखि २६ जेठसम्म सिंगापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौं शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:०५
Weather Update