
झापा— जंगली हात्ती आतंकको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतंकबाट पनि हैरान भएका छन् ।
मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जंगलीबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् ।
रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल खान निस्कछन् । यतिबेला बारीमा पाकेको मकै, आँप, आरु र घरमा राखेको अन्नबाली बाँदरबाट स्थानीयवासीलाई जोगाउन समस्या भएको छ ।
‘बारीका मात्र होइन घरभित्रै भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकिने अवस्था भइसकेको छ’, वडा नं ११ का वडाध्यक्ष योगेश भट्टराईले भने, ‘कानूनले बाँदर मार्न पाइँदैन । गाह्रो भयो ।’
उनले स्थानीयवासीले लगाएको अन्न बाली खाएर बाँदरले हैरान बनाएपछि सामूहिकरूपमा हेरालु राख्ने अभियान चलाउने तयारी गरिरहेको बताए । उनले बाँदरको आतंकबाट जोगाउन स्थानीयवासीले वडासँगै सुरक्षा मागिरहेको बताए ।