News Griha :: न्यूजगृह
बजेटमा करका दर परिवर्तनबारे प्रश्न उठेपछि अर्थमन्त्री भन्छन्– राम्रो गर्न खोज्दा हिलो छ्याप्ने काम भयो

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट–अहोलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर गलत प्रचार गरेको हुनसक्ने बताए ।

उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे ।

अर्थमन्त्री डा.महतले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताए ।

उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजश्व सचिव,आन्तरिक राजश्व विभागका प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताए ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:४९
Weather Update