बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए छोड्दैनौं : डा.वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–अहोलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा.वाग्लले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको बताए ।
उनले करका दरमा नीति भ्रष्टाचार हुन नहुने बताउँदै उनले यदी करका दरमा गत वर्षको जस्तो भएको सत्य भए संसदमा गम्भीर रुपमा उठाउने बताए ।
अर्थविद् समेत रहेका डा.वाग्लेले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि धेरै विवादहरू आएको बताए । उनले करका दर हेरफेर गत वर्षको नीति परिवर्तन नगरेका गुनासोहरू पनि आउन थालेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १९:३९