News Griha :: न्यूजगृह
धरौटीमा रिहा भए मदन राई 

काठमाडौं— यौन दुर्व्यवहारको आरोप लागेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मञ्जिल मुकारुङका अनुसार राई धरौटी बुझाएर छुटेका छन् ।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’ का संस्थापक  राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:२८
Weather Update