News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै  

काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएको हो ।

आइतबारको पहिलो बैठकमा प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको थियो ।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

सोमबार संसदमा १५ जेठमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:१२
Weather Update