News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

काठमाडौ— जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

Prabhu Bank

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:०८
sagarmatha cementsagarmatha cement
Weather Update