News Griha :: न्यूजगृह
यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ

काठमाडौं— धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट बिचौलियाको काम गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१९ बस्ने किशोरी यादवको २६ वर्षीय छोरा पुनित यादव रहेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका वडा नं.१४ स्थित यातायात कार्यालय जनकपुरधाममा बिचौलियाको काम गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिप्रका धनुषाका सूचना अधिकारी वेदप्रसाद गौतम जानकारी दिए ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रण कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २०:०३
Weather Update