नेविसंघकै नेताहरूले जलाए अध्यक्ष शेर्पाको पुत्ला

काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) कै नेताहरूले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले अध्यक्ष शेर्पाको पुत्ला जलाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधा दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीहरू आक्रोशित बनेका थिए ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति अध्यक्ष विष्णुबहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको आरोप लगाए ।
चिठ्ठी आतंकले शेर्पाको नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०६:२६