News Griha :: न्यूजगृह
दुर्घटनामा दुई युवकको मृत्यु

रूपन्देही पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका– १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मीका १७ वर्षीय सुजन अर्याल र २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । 

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थितकोरियन टेक्निकल कलेज नजिक आपसमा ठोक्किएका हुन् ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २१:३८
Weather Update