लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं— बिभिन्न ठाउँबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
सप्तरीको बोदेबरसाईन नगरपालिका– २ बैरीया टोलबाट लागूऔषध गाँजा करिब ७ सय ५० ग्रामसहित स्थानीय ५३ वर्षीय जुगेश्वर साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट खैरो हेरोइन १० ग्राम ८ सय ४० मिलिग्राम सहित कैलालीका २५ वर्षीय पदमबहादुर बोहरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाविरुद्ध स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० २१:०५