News Griha :: न्यूजगृह
सुनकोशी नदीमा सीटीईभीटीका तीन कर्मचारी शुक्रबारदेखि बेपत्ता

काठमाडौं— सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै फेला पर्न सकेका छैनन् । 

शुक्रबार बिहान ११ बजे सिटीईभिटीको कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जिप सुनकोशीमा खसेको थियो । जिपमा सीटीईभीटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेल सवार थिए । जिप चालक ३१ वर्षीय कृष्ण चौधरी भने पौडिएर बाहिर निस्केका थिए । घाइते चौधरीको अस्पतालमा उपचार भइरहको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले बेपत्तामध्ये कोही फेला नपरेको र खोजी कार्य जारी रहेको बताए । उनले भने, ‘शुक्रबार अचानक सुनकोशी जिप खस्यो । जिपमा सवारमध्ये तीन जना बेपत्ता छन् । उनीहरूको खोजीमा प्रहरी हिजोदेखि जुटेको छ । तर, अझै फेला पर्न सकेको छैन ।’ 

प्रहरीका अनुसार उनीहरूको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३५ सुरक्षाकर्मी शुक्रबारदेखि नै घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ११:५९
Weather Update