News Griha :: न्यूजगृह
नेपालमा ८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बी [सूची]

काठमाडौं— राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रबार बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयले गत १० चैतमा १२औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार मुख्यतः नेपालमा १० वटा धर्म मान्ने मानिसको बसोबास रहेको छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।

त्यसपछि बुद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत र क्रिष्टियन धर्म मान्ने मानिस १.७६ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

 

pressnote1685722289.png

हेर्नुहोस् सूची 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:४१
Weather Update