News Griha :: न्यूजगृह
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्ला— जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

मृतक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ बजेतिर तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुंगा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ । दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:२७
Weather Update