मिटरब्याजीविरुद्ध जनकपुरमा दुई हजार बढी उजुरी

जनकपुरधाम— मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।
उजुरीका लागि सुरुमा १७ देखि ३१ वैशाखसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी ७ जेठसम्मका लागि बढाइएको थियो ।
७ जेठसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः १४ जेठसम्म समय थपिएको थियो । जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत २० चैतमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १८:१०