News Griha :: न्यूजगृह
५ एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं— नेपाल प्रहरीका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका  ५ एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक कार्यक्रमकाबीच एआईजी पदमा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकाले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिए ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:४४
Weather Update