News Griha :: न्यूजगृह
भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन जना दोषी ठहर

काठमाडौं— विशेष अदातलले भ्रष्टाचार मुद्दामा तीन जनालाई दोषी ठहर गरेको छ । अदालतले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  ।

अदालतले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ । उनीहरूलाई सजाय तोक्नका लागि २५ जेठमा पेसी तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:१४
Weather Update