News Griha :: न्यूजगृह
नागरिकता विधेयकविरुद्ध एमाले निकट विद्यार्थी संगठनको राँके जुलुस

काठमाडौं— नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयकविरुद्ध राँके जुलुस निकालेको छ ।

बुधबार साँझ अनेरास्ववियु निकट विद्यार्थीहरुले काठमाडौंको त्रि–चन्द्र क्याम्पसमा राँके जुलुश निकालेका हुन् ।

नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै उनीहरुले तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीले भारत भ्रमण जाँदा कोसेली स्वरुप नागरिकता विधेयक पारित गरेर लिएर गएको भन्दै आक्रोश पोखे ।

उनले नागरिकता विधेयक फिर्ता नभए निरन्तर सडक आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:५९
Weather Update