News Griha :: न्यूजगृह
ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सिन्धुली— सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । 

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:११
Weather Update