News Griha :: न्यूजगृह
तीन आरोपितको बयान लिन सुरु

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ । इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई मंगलबार बयानका लागि लगिएको हो ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:२१
Weather Update