शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै नेकपा एसको प्रदर्शन

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका सबैलाई कडा कानुनी कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न भन्दै नेकपा एस बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग समेत राखेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोही पनि दोषी नउम्कने र निर्दोष नफस्ने गरी अनुसन्धानलाई निष्कर्षमा पुर्याउनु पर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १८:१७