News Griha :: न्यूजगृह
पूर्वराज्मन्त्री मीना पाण्डेको निधन 

काठमाडौं— नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री मीना पाण्डेको मंगलबार अपराह्न निधन भएको छ । 

२००८ सालमा जम्एिकी महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री पाण्डेको ७२ वर्षको उमेरमा काठमाडौंको गौशाला स्थित निजी निवासमा निधन भएको हो । 

पाण्डे वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधान सभा सदस्य बनेकी थिइन् । 

पाण्डेको निधनमा कांग्रेसले तीन दिन पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउनेलगायत कार्यक्रम सार्वजनिक गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:०३
Weather Update