राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट

दमौली— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा माओवादी केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ११:०९