News Griha :: न्यूजगृह
कस-कसको बयान सकियो ?

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूकाे मंगलबार अदालतमा बयान हुने भएको छ । सार्वजनिक बिदाका कारण सोमबार बयान रोकिएको थियो । गत १२ जेठबाट पक्राउ परेकाहरूकाे बयान जिल्ला अदालतमा जारी छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये मुख्य बिचौलिया केशव दुलाल, सागर राई, टंक गुरुङ, सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिएको छ । दुलाल र राईको १२ जेठमा बयान भएको थियो भने गुरुङ, भणडरी र महर्जनको १४ जेठमा बयान भएको थियो ।

उनीहरूले अदालतमा इन्कारी बयान दिएका छन् । पक्राउ परेका डा.इन्द्रजित राईको पनि १४ जेठमै बयान तोकिएको थियो । तर, स्वास्थको कारण देखाउँदै उनले बयान दिन अस्वीकार गरेका थिए । उनको बयान मंगलबार हुनेछ ।

उनीहरूसँगै सानु भण्डारी, सन्देश शर्माको पनि बयान लिने अदालतको तयारी छ । घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १४ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।

उनीहरूविरुद्ध लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित र ठगि कसुरअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूविरुद्ध नक्कली शरणार्थीका नाममा ठगिएको भन्दै एक सय १२ पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:०२
Weather Update